२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

ओमनबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइदै

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) १४९२ पाठक संख्या

काठमाडौँ। नेपालले ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याउँदै छ । उक्त अक्सिजन सिलिन्डर आज साँझ साढे ६ बजे काठमाडौँ आइपुग्ने छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिन्डर लिन ओमनको लागि शनिवार बिहान उडेको हो। हाल नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । यसैबीच ५६० थान सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज ओमन गएको हो ।

जहाज शनिवार साँझ साढे ६ बजे अक्सिजन सिलिन्डर लिएर काठमाडौँ आइपुग्ने बताइएको छ । गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको हो ।

मस्कटमा रहेको अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको सलिन्डरलाई हाल मस्कट विमानस्थलमा राखिएको त्यहाँको नेपाली दूतावासले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस