२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा १ लाख २१ हजार मुल्य बराबरका अवैध मालसामान बरामद

२०७७ फागुन १४, शुक्रबार प्रकाशित ( साल अघि) ९६६ पाठक संख्या

उर्मिला यादव

परासी १४ फागुन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करीब १ लाख २१ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

प्रहरीका अनुसार आज शुक्रबार दिउसो भारतबाट अवैध रुपमा ल्याउदै गरेको लेडिज कुर्ता सुरुवाल, ईन्भटर लगायतका मालसामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर ४ त्रिवेणी चोकबाट बरामद गरेको हो ।

उक्त सामानको मुल्य ८९ हजार ६ सय रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको ३१ हजार ४ सय मुल्य बराबरको स्टिलको बाल्टी, डेक्ची, फलामको जाली लगायतका बिभिन्न मालसामान सरावल गाउँपालिका वडा नंम्बर सात कुर्तावलबाट बरामद गरेको जनाएको छ ।

उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।

बरामद भएका सम्पुर्ण मालसामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस