२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरका २२ वर्षीय युवक लागूऔषध सहित पक्राउ

२०७८ बैशाख ६, सोमबार प्रकाशित ( साल अघि) ५४९९ पाठक संख्या

कावासोती । नवलपुरमा लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गैंडाकोट नगरपालिका-१० टोलटोले बस्ने २२ वर्षीय बादल गुरुङलाई नियन्त्रित लागूऔषध ३ सय ४५ ट्याब्लेट फेनारगन र ३ सय ४५ ट्याब्लेट ट्रामा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बादलले लागूऔषधको विक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२२%४%७%२%८%९%

प्रतिक्रिया दिनुहोस