२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना एक जनाको मृत्यु

२०७८ बैशाख ३, शुक्रबार प्रकाशित ( साल अघि) ८८४५ पाठक संख्या

 

कावासोती । नवलपुरको देवचुलीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

देवचुली-२ हमाल चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३५४ नम्बरको टिप्पर सँग सोही  दिशाबाट आउँदै गरेको लु २२ प ५७६७ नम्बरको मोटरसाइकलले ओभरटयाक गर्ने क्रममा  ठक्कर खादा मोटरसाइकल चालकको निधन भएको हो ।

दुर्घटनको देवचुली नगरपालिका–१४ बस्ने बर्ष ३५ को तिलक कुमार डिसुवाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।

टिप्पर, टिप्पर चालक र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%४%४%३%१४२%८%

प्रतिक्रिया दिनुहोस