२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

निषेधाज्ञाः ट्रक चालक बाटोमै अलपत्र, चाउचाउ र पानीको भरमा

२०७७ भाद्र ६, शनिबार प्रकाशित ( साल अघि) १४५३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै ट्रक चालक काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका छन् । काठमाडौँ भक्तपुर र ललितपुर जिल्लाले बुधबार राति १२ बजेदेखि भाद्र १० गतेसम्म निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् ।

अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडालगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोकपछि अलपत्रमा परेको र सहजिकरणका लागि पहल भईरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताए ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले अलपत्र परेका मालबाहक सवारीलाई सहज बनाउन कुरा भइरहेको र निर्देशन प्राप्त हुना साथ सहजिकरण हुने बताए । नौविसे नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथको सडक दायाँबायाँमा रहेका ५ सयभन्दा बढी ट्रक पार्किङ्ग गरेर बसेका छन् ।

मगंलबार नै सामाग्री लोड गरे पछि उपत्यकाकामा भने वुधवार देखि निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् । अलपत्र परे पछि पसल समेत बन्दका कारण चाउचाउ र बिस्कुटको भरमा चालकहरू बसिरहेका छन् ।

गृह मन्त्रालयका प्रबक्ता चक्रबहादुर वुढाले सहजिकरण गर्न पहल भईरहेको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहजिकरण गर्ने काम भईरहेको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस