२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

पत्रकारका लागी विभिन्न राहतका कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई आग्रह

२०७८ बैशाख ७, मंगलबार प्रकाशित ( साल अघि) १३३३ पाठक संख्या

काठमाण्डौ, ७ बैशाख ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पत्रकारको हितलाइ ध्यानमा राख्दै राहतका कार्यक्रम ल्याउन अर्थमन्त्री समक्ष आग्रह गरेका छन ।

मंगलवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटघाट कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पत्रकार र मिडियाका समस्यालाइ सम्बोधन गर्ने गरी बजेट बनाउन पनि आग्रह गरेका छन ।

नवनिर्वाचित पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाइ विशेष प्राथमिकता दिन समेत आग्रह गर्नु भएको थियो ।

यसैगरी पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिडबाट अतिप्रभावित पत्रकारहरुलाइ लेखन वृत्तिको व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । यसैगरी महासचिव रोशन पुरीले पत्रकार कल्याणकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाइ सम्बोधन गर्न समेत आग्रह गर्नु भएको थियो ।

यसैगरी पत्रकार महासंघको महाधिवेशन र निर्वाचनका लागि सरकारले गरेको आर्थिक सहयोग प्रति महासंघले सरकारलाइ धन्यवाद दिएको छ ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले प्रेस स्वतन्त्रताको प्रवद्र्धन र व्यवसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

यसैगरी आलोचना र प्रश्नहरु लोकतन्त्रका सुन्दर पक्षहरु रहेको भन्दै तथ्यलाइ विशेष ध्यान दिन आवश्यक रहेको मन्त्री पौडेलले बताउनु भयो ।

साथै उक्त भेटघाट कार्यक्रममा पत्रकाहरुले राखेको विभिन्न माग प्रति सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस