साउन ३२,नवलपुर ।
कोरोना भाइरसका कारण पूरै विश्व नै तहसनहस भइरहेको छ । नेपालमा पनि यसको प्रभाव देखा परेको छ । कोरोना महामारी हुँदैनथ्यो भने यतिबेला हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको रौनक चौतर्फी हुन्थ्यो भने कलाकारहरु विभिन्न कार्यक्रममा व्यस्त हुन्थे ।
टोलटोलमा गीतहरु घन्किरहेका हुन्थे । तर, लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमका कारण फाटफुट मात्र तीजका गीत बजेको सुनिन्छ ।कोरोनाका कारण कतै पनि तीज लागेको छैन । अर्कातिर यो बेलामा देश तथा विदेशमा उत्तिकै व्यस्त हुने कलाकारहरु पनि होम क्वारेन्टिनमा बसिरहेका छन् ।
यसपटक तीजका गीत पनि पहिलेको तुलनामा कम रिलिज भएका छन् । तीजको रमाइलो कोरोनाका कारण इन्टरनेटमा मात्र सीमित भएको छ ।