२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

यसपालि तीज सुनसान, फुर्सदमा कलाकार

२०७७ श्रावण ३२, आईतबार प्रकाशित ( साल अघि) १०६० पाठक संख्या

साउन ३२,नवलपुर  । 

कोरोना भाइरसका कारण पूरै विश्व नै तहसनहस भइरहेको छ । नेपालमा पनि यसको प्रभाव देखा परेको छ ।   कोरोना महामारी हुँदैनथ्यो भने यतिबेला  हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको रौनक चौतर्फी हुन्थ्यो भने  कलाकारहरु विभिन्न कार्यक्रममा व्यस्त हुन्थे ।

 

टोलटोलमा गीतहरु घन्किरहेका हुन्थे । तर, लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमका कारण फाटफुट मात्र तीजका गीत बजेको सुनिन्छ ।कोरोनाका कारण कतै पनि तीज लागेको छैन । अर्कातिर यो बेलामा देश तथा विदेशमा उत्तिकै व्यस्त हुने कलाकारहरु पनि होम क्वारेन्टिनमा बसिरहेका छन् ।

 

यसपटक तीजका गीत पनि पहिलेको तुलनामा कम रिलिज भएका छन् । तीजको रमाइलो कोरोनाका कारण इन्टरनेटमा मात्र सीमित भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस