काठमाडाैं । महाभारतमा पाण्डवका पाँच भाइ थिए भने काैरब पट्टिका सय भाइ छाेराहरू थिए । पाँच पाण्डवकाे नाम त सबैले थापा पाएका छन् । तर, काैरबका एक सय सन्तानका नामहरू कमैलाई थाहा छ । काैरब पुत्र मध्ये जेठा थिए दुर्याेधन जसकाे घमन्ड र क्राेधका कारण महाभारतकाे युद्ध भएकाे थियाे ।
उनका माइला भाइकाे नाम हाे दुशासन । दु:शासनले पाञ्चाली अर्थात द्राेपदीकाे हस्तिनापुर सभामा वस्त्रहरण गरेर घाेर अपमान गरेका थिए । साेहि कारण पनि महाभारतकाे युद्ध भएकाे थियाे । हस्तिनापुरकाे राजाकाे याेग्य थिए युधिष्ठिर तर, पाण्डुपुत्र धृतराष्ट्र पुत्रमाेहमा परेर युधिष्ठिरलाइ राज्य दिएनन् । अझ दुर्याेधनले पाण्डवहरूलाई दिइएकाे गाउँ समेत कपटपूर्ण जुवामा हराएर खाेस्दै १० वर्ष बनवास र २ वर्ष गुप्तबास पठाएका थिए । त्यसपछि महाभारत युद्ध भएकाे थियाे ।
यी हुन् पाँच पाण्डव र सय भाइ काैरबका नामहरू
१. युधिष्ठिर २. भीम ३. अर्जुन ४. नकुल ५. सहदेव
(यी पाँच भन्दा अलग महाबली तथा दानबीर कर्ण पनि कुन्ती पुत्र हुन, तर कर्णलाई पाण्डवमा गनिदैन) उनलाइ राधेय भनेर चिनिन्छ । कुन्तीले कर्णलाई विवाह अघि नै सुर्यसँगकाे संसर्गमा जन्माएकी थिइन् । उनले लाेकलाजका कारण सुर्यपुत्रलाई गंगामा जन्मदै बगाइदिएकी थिइन् । पाण्डुको उपरोक्त पाँच पुत्रमा युधिष्ठिर, भीम र अर्जुनको माता कुन्ती थिइन् । नकुल र सहदेवको माता माद्री थिइन् । माद्री पाण्डुकाे मृत्युमा सती गइन् ।
२) धृतराष्ट्र र गान्धारीका सय पुत्र थिए,जसलाई कौरव भनिन्छ । काैरबहरूमा जेष्ठ पुत्र दुर्याेधन र अर्का दुःशासन महाभारत पर्वमा धेरै चर्चामा रहेका पात्र हुन् । दुर्याेधन र दुःशासनकै कारण महाभारतकाे युद्ध भएकाे हाे भनिन्छ ।
यी हुन् काैरबका सय पुत्रकाे नाम
१. दुर्योधन २. दुःशासन ३. दुःसह ४. दुःशल ५. जलसंघ ६. सम ७. सह ८. विंद ९. अनुविंद १०. दुर्धर्ष ११. सुबाहु १२. दुषप्रधर्षण १३. दुर्मर्षण १४. दुर्मुख १५. दुष्कर्ण १६. विकर्ण १७. शल १८. सत्वान १९. सुलोचन २०. चित्र २१. उपचित्र २२. चित्राक्ष २३. चारुचित्र २४. शरासन २५. दुर्मद २६. दुर्विगाह २७. विवित्सु २८. विकटानन्द २९. ऊर्णनाभ ३०. सुनाभ ३१. नन्द ३२. उपनन्द ३३. चित्रबाण ३४. चित्रवर्मा ३५. सुवर्मा ३६. दुर्विमोचन ३७. अयोबाहु ३८. महाबाहु ३९. चित्रांग ४०. चित्रकुण्डल ४१. भीमवेग ४२. भीमबल ४३. बालाकि ४४. बलवर्धन ४५. उग्रायुध ४६. सुषेण ४७. कुण्डधर ४८. महोदर ४९. चित्रायुध ५०. निषंगी ५१. पाशी ५२. वृन्दारक ५३. दृढ़वर्मा ५४. दृढ़क्षत्र ५५. सोमकीर्ति ५६. अनूदर ५७. दढ़संघ ५८. जरासंघ ५९. सत्यसंघ ६०. सद्सुवाक ६१. उग्रश्रवा ६२. उग्रसेन ६३.सेनानी ६४. दुष्पराजय ६५. अपराजित ६६. कुण्डशायी ६७. विशालाक्ष ६८. दुराधर ६९. दृढ़हस्त ७०. सुहस्त ७१. वातवेग ७२. सुवर्च ७३. आदित्यकेतु ७४. बह्वाशी ७५. नागदत्त ७६. उग्रशायी ७७. कवचि ७८. क्रथन ७९. कुण्डी ८०. भीमविक्र ८१. धनुर्धर ८२. वीरबाहु ८३. अलोलुप ८४. अभय ८५. दृढ़कर्मा ८६. दृढ़रथाश्रय ८७. अनाधृष्य ८८. कुण्डभेदी ८९. विरवि ९०. चित्रकुण्डल ९१. प्रधम ९२. अमाप्रमाथि ९३. दीर्घरोमा ९४. सुवीर्यवान ९५. दीर्घबाहु ९६. सुजात ९७. कनकध्वज ९८. कुण्डाशी ९९. विरज १००. युयुत्सु
यी १०० भाइ कौरवको एक बहिनी पनि थिइन् उनको नाम ‘दुशाला’ थियो दुशालाको विवाह ‘जयद्रथ’ सँग भएको थियो ।
३) “श्री मद्भगवत गीता” को बारेमा
कस्ले कस्लाई सुनायो ?
श्रीकृष्णले अर्जुनलाई सुनाउनु भयो ।
कहिले सुनाउनु भयो ?
आजभन्दा लगभग ५ हज़ार साल पाहिले सुनाउनु भयो ।
भगवानले कुन दिन श्रीमद्भगवद गीता सुनाउनु भयो ?
रविवारको दिन।
कुन तिथि थियो ?
एकादशी
कहाँ सुनाउनु भयो ?
कुरुक्षेत्रको रणभूमिमा ।
कति लामो समय सम्म सुनाउनु भयो ?
लगभग ५० मिनेटसम्म्
के सुनाउनु भयो ?
कर्त्तव्य पथबाट भाग्न खोज्ने अर्जुनलाई कर्त्तव्य र धर्मको बारेमा तथा आउने पिढ़ीको लागि धर्म-ज्ञान र सत्य ज्ञान सुनाउनु भयो ।
महाभारतमा कति अध्याय छन् ?
जम्मा १८ अध्याय
कति श्लोक छन ?
७०० श्लोक
गीतामा के-के को बारेमा बताइएको छ ?
ज्ञान-भक्ति-कर्म योग मार्गको विस्तृत व्याख्या गरिएको छ र यी मार्गमा चल्ने व्यक्ति निश्चित नै परमपदको अर्थात मोक्ष्यको अधिकारी बन्ने छ ।
गीताज्ञानलाई अर्जुन बाहेक अरु कुन कुन ब्यक्तिले सुने ?
धृतराष्ट्र, संजय एबं बार्बरिकले सुने ।
अर्जुन भन्दा पहिले गीताको पावन ज्ञान कस्ले सुनेको थियो ?
सूर्यदेवले
गीताको गणना कुन ग्रन्थमा धर्म-ग्रन्थमा आउँछ ?
उपनिषदमा
गीता कुन महाग्रन्थको भाग हो ?
गीता महाभारतको एक अध्याय शांति-पर्वको भाग हो ।
गीतालाई अर्को नामले जानिन्छ त्यो नाम के हो ?
गीतोपनिषद
गीताको मूल सार के हो ?
निराशक्त कर्म गर्नु र प्रभु श्रीकृष्णको शरणमा जानू ।
गीतामा कस्ले कति श्लोक भनेको छ ?
श्रीकृष्णले – ५७४, अर्जुनले – ८५, धृतराष्ट्रले – १, संजयले – ४०
४) अधूरो ज्ञान खतरनाक हुन्छ ।
३३ करोड हैन ३३ कोटी देवी देवता छन हिन्दू धर्म मा ।
कोटि = प्रकार।
देवभाषा संस्कृतमा कोटिको दूई अर्थ हुन्छ ।
कोटिको अर्थ प्रकार हुन्छ र एक अर्को अर्थमा करोड पनि हुन्छ ।
हिन्दू धर्मको दुष्प्रचार गर्नको लागि यो गलत ब्याख्या गरिएको छ हिन्दू धर्मग्रन्थमा ३३ करोड देवी देवता छन र जानी नजानी मुर्ख हिन्दू आफै भन्छन् हाम्रा ३३ करोड देवी देवता छन तर, हिन्दुधर्ममा जम्मा ३३ प्रकारका देवी देवता छन् ।
जसअनुसार १२ प्रकारका छन,
आदित्य, धाता, मित, आर्यमा,
शक्रा, वरुण, अँश, भाग, विवास्वान, पूष,
सविता, तवास्था र विष्णु ।
८.प्रकारका छन:- वासु:, धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्युष र प्रभाष।
११. प्रकारका छन:-
रुद्र, हर, बहुरुप, त्रयँबक, अपराजिता, बृषाकापि, शम्भू, कपार्दी, रेवात, मृगव्याध, शर्वा, र कपाली।
एबं,२ प्रकारका छन्,
अश्विनी र कुमार।
जम्मा :- १२+८+११+२ = ३३ कोटि
दुइ पक्षः- कृष्ण पक्ष, शुक्ल पक्ष ।
तीन ऋणः- देव ऋण, पितृ ऋण र ऋषि ऋण ।
चार युगः- सतयुग, त्रेतायुग, द्वापरयुग, कलियुग ।
चार धामः- द्वारिका, बद्रीनाथ, जगन्नाथ पुरी, रामेश्वरम धाम ।
चारपीठः- शारदा पीठ (द्वारिका), ज्योतिष पीठ (जोशीमठ बद्रिधाम), गोवर्धन पीठ (जगन्नाथपुरी), शृंगेरीपीठ ।
चार वेदः- ऋग्वेद, अथर्वेद, यजुर्वेद, सामवेद ।
चार आश्रमः- ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, संन्यास ।
चार अंतःकरणः- मन, बुद्धि, चित्त, अहंकार ।