२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा आजराती १२ बजेदेखि थप कडाई

२०७७ भाद्र ९, मंगलबार प्रकाशित ( साल अघि) ८८६ पाठक संख्या

९ भाद्र , गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले थप कडाई गर्ने भएको छ । मंगलबार राति (आज) १२ वजेदेखि वडा नम्बर २ मा थप कडाई गर्ने तयारीमा नगरपालिका जुटेको हो ।

समुदाय स्तरमा नै कोरोना पुष्टि भएपछि वडामा घरबाट बाहिर निष्कन समेत नपाउने गरी पूर्णरुपमा बन्देज लगाईएको मेयर छत्रराज पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार राती १२ बजेदेखि भाद्र १५ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका व्यवसाय बन्द हुनेछन भने टोल विकास संस्थाले नगरपालिका र प्रहरीसँगको समन्वयमा स्वयम्सेवक परिचालन समेत गर्ने भएका छन् ।

वडा नम्बर २ का अध्यक्ष धु्रवराम पौडेलले वडाका सवै नागरिकलाई सुरक्षित रुपमा घर भित्रै बस्न आग्रह गर्दै वडावासीकै सहयोग पुुगेमा मात्रै कोरोना संक्रमणलाई न्यून गर्न सकिने भएकाले नगरले गरेको अपीललार्ई साथ दिन आग्रह गरेका छन ।

राजनैतिक दल, वडा समिति, उद्योग वाणिज्य संघ, रेडक्रस, सञ्चारमाध्यम , गैर सरकारी संस्था, सहकारी संस्था, महिला समूह, वित्तीय संस्था लगायत सबैले आ–आफ्नो समितिका सदस्यलाई महामारी नियन्त्रणमा आ–आफ्नो स्थानबाट सक्रिय भई सचेत नागरिकको भुमिका निर्वाह गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैँडाकोटमा सङ्क्रमितको संख्या ७२ पुगेको छ । नगरमा हाल सक्रिय कोरोना सङ्क्रमितको संख्या १३ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस