२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे

२०७७ भाद्र ९, मंगलबार प्रकाशित ( साल अघि) १०१३ पाठक संख्या

चितवन, भदौं ९–

चितवनको भरतपुर अस्पालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित भागेका छन् ।

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि यही भदौं ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । आज विहानैदेखि अस्पताल नभेटिएपछि उनको खोजी कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

‘कोरोना पोजिटिभ आएपछि जमानीमा छाडेर भरतपुर अस्पताल पठाएको थियौं, प्रहरीले घटनाको अनुसन्धान भने जारी राखेको थियो। अस्पतालबाट भागेपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस