२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप ८ जनामा कोरोना पुुष्टि

२०७७ भाद्र १२, शुक्रबार प्रकाशित ( साल अघि) १०६८ पाठक संख्या

गैँडाकोट ।  पूर्वी नवलपरासीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको विनयी त्रिवेणी गाँउपालिका वडा नं १ का १७, ४०, ६१ र ६७ वर्षीया गरि ४ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।यस्तै जिल्लाकै देवचुली नगरपालिका वडा नं १५ कि ५० वर्षीय महिला र देवचुली १६ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनु भयो ।
यता जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले सवै जिल्लावासीलाई सुरक्षित रुपमा घरमै रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले संक्रमणलाई कम गर्न सवैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा संक्रमण पुष्टि भएका सवैलाई जिल्लाकै आईसोलेशन प्राकृतिक चिकित्सलाय अस्पतलाल राखिएको बताउँदै सवैले स्वास्थ्य सम्वन्धि प्रोटोकलको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस