२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा थप ५ दिनका लागी लकडाउन, के के खाेल्न पाइने ?

२०७७ भाद्र १४, आईतबार प्रकाशित ( साल अघि) १३०९ पाठक संख्या

भदौ, चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा थप पाँच दिनका लागी निषेधाज्ञा थप गरेको छ । आज बसेको नगरस्तरिय बिपद् ब्यवस्थापन समितिको बैठकले भोली भदौ १५ गतेदेखी भदौ १९ गते सम्मका लागी निषधाज्ञा थप गरेको हो ।

नगरपालिका कार्यालयद्धारा सार्वजनिक सूचनामा सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु पनि खोल्न नपाइने उल्लेख गरिएको छ । यस्तै बिद्यालयहरु पनि खोल्न पाइने छैन । यस्तै नगर भित्रका होटल, रेष्टुरेन्टहरु पनि नखोल्न निर्देशन दिइएको छ।
अत्यावश्यक काम बाहेका बाहिर निस्किने पाइने छैन भने खाद्यान्नका पसलहरु बिहानको ७ बजे देखी १० बजेसम्म मात्र खोल्ने पाइने छ । यस्तै मृत्यु संस्कारमा २५ जना भन्दा बढी मलामी जान नपाइने बताइएको छ ।

प्रशासन कार्यालयले नगरको अवस्था हेरेर नगरले नै निषेधाज्ञा जारी गर्न पाउने ब्यवस्था मिलाएकाले नगरको बिपद् ब्यवस्थापन समितिको निर्णय अनुसार नगरभित्रको अवस्था हेरेर लकडाउन जारी गर्न पाउनेछन् । midpoint nagarpalika.jpg

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस