२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

प्रकाश पराजुलिको नयाँ गित “तारा खसेको” सार्वजनिक (भिडियोसहित)

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) ११९६ पाठक संख्या

आभास चापागाई

भाद्र १९ कावासोती । पछिल्लो समय प्रकाश पराजुली लोक संगितमा चर्चा परिचर्चामा आउने गरेका छन् । त्रिबेणी दोहोरी साझबाट सुरुवाद गरेका बहु प्रतिभासाली कुसल गायकार पराजुली स्याङ्जामा जन्मीएका हुन । उनी आफ्नो सांगेतिक यात्रालाई स्कुल देखि नै सुरु गरेका थिए ।
उनी हाल काठमाडौ बस्दै आफ्नो सांगेतिक यात्रालाई निरंतरता दिदै आएका छन् । उनका एक पछि अर्को लोक दोहोरी सबै संगित प्रेमीहरुको मन मुटुमा बस्न थालेको छ । लाइभ दोहोरी गायर स्रोताको मन जित्न सफल पराजुली पछिल्लो समयमा अझै उत्कृष्ट गीत बजारमा ल्याउने गरेका छन् ।
लकडाउनको कारण काम गर्न केही असहज भएता पनि ढिलो चाडो दर्शकहरुलाई गीत दीन सफल भएको पराजुलीले बताए । संगीतहरु एक पछि अर्को गरेर आउनेक्रम जारी रहेको उनको भनाई छ ।
हालै बजारमा आएको पराजुलिको नयाँ गित “तारा खसेको” सार्वजनिक भएको छ । गायक प्रकाश पराजुलिको सुमधुर आवाजमा सजिएको जुन गित प्रकाश पराजुलिको शब्द संगित र आकाश नेपालिको एरेन्ज तथा अमृत/शुनिलको निर्देशनमा “तारा खसेको” प्रकाश पराजुलि युटुव च्यानलबाट सर्बजनिक भएको छ।
 भिडियो हेनुहोस् 
https://youtu.be/q5My-j5JG0Q
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस