२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

असोज १५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याउने तयारी : मन्त्री भट्टराई

२०७७ भाद्र २५, बिहिबार प्रकाशित ( साल अघि) १०२८ पाठक संख्या

नवलपुर, २५ भदौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज १५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने तयारी गरेको छ ।बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक तथा बाह्रय उडानलाई नियमित रुपम सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भएको हो ।

सीमित उडानबाट दैनिक ८ सय देखि हजार जना सम्म नेपाली नागरिक बिदेशबाट फर्किएको बताउदै मन्त्री भट्टराईले उडान बिस्तार पछि दैनिक ३ हजारसम्म नेपाली नागरिक उडान मार्फत आउने जानकारी दिनुभयो ।

आर्थिक पत्रकार समाज र पर्यटन क्षेत्रका व्यवसायिक संस्थाका प्रतिनिधिहरु सहभागी वेभनारमा बोल्दै मन्त्री भट्टराई बिदेशमा दुःख पाएका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले नियमति तर्फ उडान थप गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

कोरोनाको महामारीबाट नेपालको पर्यटन क्षेत्रमा ६ महिनाको अवधिमा मात्र करीव ६० अर्व नोक्सानी भएको जानकारी दिदै मन्त्री भट्टराईले आन्तरिक पर्यटन मार्फत नेपालको पर्यटन क्षेत्रको बिकासका लागि हप्तामा दुई दिन बिदाको प्रस्ताव गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभयो । पर्यटन उद्योगका निजी क्षेत्रका प्रतिनिधिहरुले सुरक्षा मापदण्ड अपनाएर पर्यटन एयरलाइन्स, होटल तथा ब्यवसाय सञ्चालन गर्न माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस