२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र ३०, मंगलबार प्रकाशित ( साल अघि) ११५३ पाठक संख्या

चोरमारा ३० भदौ  । पछिल्ला दिनमा अत्याधिक कोरोना संक्रमित देखिँदै आएको नवलपुरमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नवलपुरको मध्यबिन्दु नगरपालिकामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पोखरेलले जानकारी दिएका छन्।

मध्यबिन्दु नगरपालिकाका वडा नम्बर २ का एकजना, ४ का एकजना, ७ का एकजना, ८ का सातजना, ९ का चारजना, १० का दुईजना,१२ का एकजना गरी १७ जनामा संक्रमण देखिएको पोखरेलले बताएका छन् ।

थपिएका संक्रमित वडा नं २, ९ र १२ का ६ जना क्वारेन्टाइनका हुन भने अन्य समुदाय स्थरका छन् । नवलपुरमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ६ सय ९६ पुगेको छ । जिल्लामा अहिलेसम्म उपचारपछि ४ सय जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस