२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाली काङ्ग्रेस नवलपुरको कोभिड-१९ अनुगमन समिती बिस्तार

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित ( साल अघि) १४९३ पाठक संख्या

कावासोती । नेपाली काग्रेस पूर्वी नवलपरासले जिल्लामा कोभिड १९ अनुगमन जिल्ला कार्य समिति विस्तार गरेको छ । नेपाली काग्रेस कोभिड १९ अनुगमन केन्द्रिय समितिले यस अघि जिल्लाका समाजसेवी युवा सुरज गुरुडलाई संयोजकमा मनोनयन गरेको थियो ।

संयोजक सुरज गुरुड।कै अध्यक्षतामा शुक्रबार सदरमुकाम कावासोती स्थित विपी भवनमा पत्रकार सम्मेलन गरी जिल्ला कार्य समिति विस्तार गरिएको जानकारी दिईएको हो ।

विस्तारित जिल्ला कार्य समितिका सदस्यहरुमा करुणा सागर सुबेदी, नारायण शर्मा, शारदा विश्वकर्मा, लक्ष्मी बस्ताकोटी, माया महतो, र रामचन्द्र भण्डारी रहनु भएको छ ।

यसै गरी अशोक श्रेष्ठ, गणेश न्यौपाने, भरत पोखरेल सदस्य तथा सदस्य सचिवमा रमेश बस्ताकोटी रहनु भएको संयोजक गुरुड।ले बताउनु भयो ।

काग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद विष्णु प्रसाद लामिछानेको बिशेष उपस्थितीमा कोभिड १९ अनुगमन जिल्ला समिति विस्तारको जानकारी दिईएको थियो ।

अनुगमन समितिले जिल्लाको पहाड तथा भित्री मधेश र तराईलाई समेटेर हरेक स्थानीय तहमा काम गर्ने गरी संयोजक तथा उप संयोजक पनि तोकेको छ ।

समितिले जिल्लामा कोभिड १९ संक्रमणको स्थिती, परीक्षणको अवस्थाका बारेमा अनुगमन गर्ने, जिल्लामा संचालित क्वारेन्टाईन, आईसोलेशनको मापदण्ड र सुविधाका बारेमा जानकारी लिई सहयोगात्मक भूभिका खेल्ने जनाइएको छ ।

कोभिड-१९ अनुगमन समितिका संयोजक सुरज गुरुङको अध्यक्षता एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेको विषेश उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस