२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सुनवलमा कोरोना संक्रमणबाट थप १ को मृत्यु

२०७७ आश्विन २८, बुधबार प्रकाशित ( साल अघि) ११८० पाठक संख्या

असोज २८ सुनवल । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। सुनवल नगरपालिका वडा नं. ४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । उनी मुटु रोगीसमेत रहेको बताइएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस