काठमाडौं– कात्तिक ५। प्याजको मूल्य पुनः बढेको छ। मंगलबार प्याजको मूल्य औसतमा सोमबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।
कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।
सोमबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।