देवचुली, कार्तिक ५ । देवचुलीको दलदलेमा कुरियर र कार्गाे सेवा सोमबारबाट संचालनमा आएको छ । कुरियर कुमारी बैंकको तल्लो तलामा सेवा सन्चालन भईरहेको छ ।
रकेट अन्तरास्ट्रिय कुरियर र कार्गो सेवाको नाम बाट सोमबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले कुरियरको उद्धाटन गर्नुभएको थियो । देवचुलीका नगरवासीलाई सामान कुरियर गर्नको लागि टाढा जानुपर्ने बाध्यता अब हटेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
यस क्षेत्रमा देखिएको कुरियर सेवाको समस्यालाई मध्य नजर गर्दै कृस भुर्तेलले उक्त सेवा संचालनमा ल्याएको बताउनुभयो ।
उक्त सेवा शुभारम्भ कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता क्यापटेन डिल बहादुर खत्री, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल लगायतको उपस्थिती रहेको थियो ।