२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

ट्रक र मोटरसाइकल ठोक्किएर दुईको मृत्यु

२०७७ माघ ३०, शुक्रबार प्रकाशित ( साल अघि) ८४५ पाठक संख्या

धादिङ – धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उहाँका छोरा ३० वर्षीय डा.सुरेश अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको तथा मोटरसाइकल चालक डा.अधिकारी र उहाँका बाबु घाइते भएका थिए ।

घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो।

सवारी साधन उछिन्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस