२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका विभिन्न स्थानमा शुक्रबार  विद्युत   अवरुद्ध हुने

२०७७ माघ ३०, शुक्रबार प्रकाशित ( साल अघि) ९६४ पाठक संख्या

कावासोती । नवलपुरका विभिन्न स्थानमा शुक्रबार  विद्युत   अवरुद्ध हुने भएको छ ।
जिल्लाको कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा शुक्रबार (माघ ३० गते )बिहान १० वजेदेखि अपरान्ह २ बजेसम्म विद्युत   अवरुद्ध हुने नेपाल विद्युत  प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।

बुटवल नारायणगढ सडक आयोजनाको सडक बिस्तारको क्रममा कावासोती-११ को लोकाहामा रुख कटान गर्नु पर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्र द्वारा जारी सूचनामा जनाईएको छ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस