२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीका किसानहरु मौरी ‘पाल्न’ सिक्दै !

२०७७ फागुन ७, शुक्रबार प्रकाशित ( साल अघि) १२७६ पाठक संख्या

देवचुली, ७ फागुन । मह उद्यम विकास परियोजना अन्तर्गत देवचुलीमा मौरी पालन सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । “सचेत, स्वस्थ, समृद्ध र सम्मानित, समाज” भन्ने उद्धेश्यले देवचुलीको विशालटारमा किसानलाई मौरी पालन तालिम संचालन गरिएको थियो ।

मौरीको गोला निरिक्षक, मौरीको बर्ग र कार्य विभाजन, मौसम अनुसारका मौरी गोला र मौरीको व्यवस्थापन कसरी गर्ने सकिन्छ जस्ता विषयबस्तुहरुको प्रशिक्षण दिइएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता नेपाल मौरी पालक महासंघ नवलपुर जिल्लाका अध्यक्ष यदु कंडेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ रहनुभएको थियो । यसैगरि विशिष्ट अतिथीका रुपमा देवचुली वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारुले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले किसानहरुले तालिम लिएपछि त्यसलाई व्यवहारिकतामा उतार्नुपर्नेमा जोड दिनुभएको थियो ।

अक्सफार्म संस्थाको सहयोग रहेको तालिममा नारी सिप सिर्जना केन्द्र हेटौँडा, सागर मौरी पालन गैंडाकोट, मौरी ब्लक संचालन तथा समन्वय उपसमिति देवचुली ९ को साझेदारी रहेको थियो । तालिममा ६ जना महिला र १५ जना पुरुष गरि २१ ज्नाको सहभागिता रहेको थियो । तालिममा सहभागि सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । तालिम निकै प्रभावकारी रहेको प्रशिक्षार्थीहरुले बताएका थिए ।

उक्त समापन कार्यक्रममा देवचुली वडा नं ९ का वडा सदस्य राम प्रसाद पन्त लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संयोजक नारी सिप सिर्जना केन्द्र हेटौंडाका चिरन्जिवि पौडेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस