२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

टिकट वितरण गर्ने सम्पुर्ण अधिकार जिल्ला सभापतिलाई दिनुपर्छ : महामन्त्री कोइराला

२०७७ फागुन ७, शुक्रबार प्रकाशित ( साल अघि) ९५८ पाठक संख्या

सन्जय भट्टराई/कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले प्रतिनिधि सभा निर्वाचनको टिकट वितरणको सम्पूर्ण अधिकार जिल्ला सभापतिलाई दिनु पर्ने बताएका छ्न ।

शुक्रबार पुर्वी नवलपरासीमा नेपाल प्रेस युनियनले आयोजना गरेको सुर्यभक्त पतना देवी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले संघीयता आए पछि राज्यका विभिन्न निकायको विकेन्द्रीकरण भएको र त्यसै गरि अब पार्टीलाई पनि विकेन्द्रीकरण गर्नु पर्ने र टिकट वितरणको सम्पुर्ण अधिकार जिल्ला सभापतिलाई दिनु पर्ने बताएका हुन ।

पछिल्लो समय जिल्ला सभापतिहरुबाट आफ्नो भुमिका बढाउनु पर्ने माग उठिरहेको बेला कोईरालाको यस्तो भनाई आएको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कोइरालाले आगामी दिनमा कम्युनिस्टहरु सँग कुनै पनि कुरा सहकार्य नहुने समेत बताए । आन्दोलन, सत्ता बाडफाड या निर्वाचन कुनै पनि मुद्दामा काङ्ग्रेसले कम्युनिस्ट सँग सहकार्य नगर्ने बताउदै कोइरालाले काङ्ग्रेस गुट उपगुटमा नलागेर एक ढिक्का हुने हो भने फेरि पनि काङ्ग्रेस पहिलो पार्टी हुने बताए ।

यसै बिच नेपाल प्रेस युनियनले स्थापना गरेको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिएको छ । २५ हजार नगद राशी र ताम्रपत्र सहित पोख्रेललाई महामन्त्री कोइरालाले पुरस्कृत गरेका थिए । यस अघि यो पुरस्कार वरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले , धर्मेन्द्र झा, पोषण केसी , रामजी दाहाल , किशोर नेपाल लगाएतका वरिष्ठ पत्रकारहरुलाई प्रदान गरिएको थियो। प्रजातन्त्र सेनानी एवं नेपाली काङ्ग्रेसका नेता सुर्यभक्त अधिकारी र उहाँकि धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा उहाँका छोरा काङ्ग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले पुरस्कारको स्थापना गरेका हुन ।

पुरस्कर वितरण समारोहमा नेविसंघ पुर्व महामन्त्री कुन्दनराज काफ्ले, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सचीव केबि राना, पत्रकार शिव लम्साल , काङ्ग्रेस नेताहरु मदनभक्त अधिकारी , ओमकला गौतम, महेन्द्रध्वज जिसि, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य , नेपाल पत्रकार महासंघका पुर्व सभापति धर्मेन्द्र झा, काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछाने, गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले शुभकामना मन्तव्य राखेका थिए । नेपाल प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस