२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

जमुना वनको ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक (भिडियो)

२०७७ फागुन ११, मंगलबार प्रकाशित ( साल अघि) १८१० पाठक संख्या

काठमाडौं – लामो समयदेखि युवा प्रेरकको रुपमा काम गर्दै आएकी जमुना वनको नयाँ गीतको म्युजिक भिडियो ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक गरिएको छ ।

यसअघि ‘सम्हाल्ने मुटुलाई’ शीर्षकको गीत गाएकी जमुनाले अहिले यो नयाँ गीत गाएकी हुन् !

गीतमा पुजा लामाको शब्द रहेको छ भने सुरज तामाङको संगीत छ । देवेश राई यो गीतका संगीत संयोजक हुन् ।

गायिका वनले यो गीतका लागि दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेकी छिन् ।

उक्त गीतको म्युजिक भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय रहेको छ ।

भिडियोमा न्युटोन लांथासाको निर्देशन रहेको छ भने पृथ्वीराज दुत्ताको छायांकन रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस