२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

इटलिका राजदूतको कङ्गोमा हत्या

२०७७ फागुन ११, मंगलबार प्रकाशित ( साल अघि) १४८० पाठक संख्या

नैरोवी  : कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमा हत्या भएको छ ।  देशको पूर्वीक्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्‍व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका बेला उनको हत्या भएको हो ।

पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उहाँका अङ्गरक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ ।
सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ । (रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस