२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

सेसेल्स सरकारको कोरना राहत कोषमा एनआरएनएद्वारा सहयोग

२०७७ फागुन १४, शुक्रबार प्रकाशित ( साल अघि) ११५२ पाठक संख्या

सेसेल्स १४ फागुन । अफ्रिकी  मुलुक सेसेल्स  सरकारको  कोरना राहत कोषमा एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट सहयोग हस्तान्तरण गरिएको छ ।

आज एक विशेष समारोहमा  एनआरएनए सेसेल्स एनसीसीका तर्फबाट  अध्यक्ष रामप्रसाद पन्त , मनोज बि.क. र रोजमेरी राईले स्वास्थ्य विभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४० हजार  ( ने . रु . दुई लाख चालीस हजार ) बराबरको चेक एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट  हस्तान्तरण गरेका हुन्  ।

उक्त समारोहमा  स्वास्थ्यमन्त्री पेग्गी भिगेडको समेत उपस्थिति रहेको थियो ।  पुर्वी अफ्रिका स्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उधोगकका  विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन ।

थुप्रै नेपालीहरुको कर्मथलोको  रुपमा स्स्थापित  सेसेल्सलाई  नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको अध्यक्ष पन्तले बताएका छन् ।

कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट  सेसेल्समा रहेको नेपाली समुदायलाई आभार व्यक्त गरेकी थिइन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस