२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

तोकिएको उखुको मूल्य पाउँदा किसान खुशी

२०७७ फागुन १५, शनिबार प्रकाशित ( साल अघि) २०७१ पाठक संख्या

चन्द्रौटा । कपिलवस्तुका किसानले सरकारले तोकेको उखुको मूल्य पाउन थालेका छन् । स्थानीय गुड उद्योगलाई तोकिएको मूल्यभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यता खेपेका किसानलाई लुम्बिनी चिनी मिलले भने तोकिएको मूल्य दिएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका–७ निविहवामा लुम्बिनी चिनी मिल सुनवल खरिद केन्द्र स्थापना गरी किसानको उखु खरिद गरेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।

विगत लामो समयदेखि उखु खेती गर्दै आएका किसानको उखुले मूल्य नपाउँदा निराश बनेका र जिल्लाका विभिन्न गुड उद्योग तथा क्रसरहरूले उखुको मूल्य चिनी उद्योगलाई मात्र तोकेको भन्दै प्रति क्विन्टल रु ३०० मा खरिद गरिरहेका थिए ।

“लुम्बिनी चिनी मिलले यहाँका किसानलाई नगद रकम दिएर उखु लैजाने गरेको छ”, अध्यक्ष चौधरीले भन्नुभयो “यस वर्ष किसान मर्कामा पर्ने छैनन्, मैले किसान र चिनी मिलसँग सहकार्य गरेर उखु बिक्रीको व्यवस्था गरेको छु ।”

उखु उत्पादन गरेर बिक्रीको लागि गुड उद्योगमा किसान पुगेर खरिद गर्न आग्रह गर्नुपर्ने बाध्यता हटेको उखु किसान उदयराज कुर्मीले बताउनुभयो ।

जिल्लाकै ठूलो महालक्ष्मी सुगर लिमिटेडले उधारोमा किसानसँग उखु खरिद गर्दै आएको थियो । स्थानीय मिललाई उखु उधारोमै बेच्दै आएका किसान मिल यहाँबाट सर्लाही सरेपछि निराश भएका थिए ।

यद्यपी नवलपरासीको लुम्बिनी चिनी मिलले नगद खरिदमा गरिदिँदा किसान उखु खेती गर्न हौसिएका छन् । सरकारले दिने अनुदान मिलले किसानलाई शुरुमै दिएको किसानले बताएका छन् । मिलले उखुको मूल्य प्रति क्विन्टल रु ४३५ र सरकारको अनुदान रु ६५ गरी कूल जम्मा रु ५०० मा खरिद गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस