२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दोस्रो चरणको खोप वडामै लगाईने

२०७७ फागुन १६, आईतबार प्रकाशित ( साल अघि) १०९९ पाठक संख्या

कावासोती । नवलपुरमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २३ गते बाट सुरु हुने भएको छ ।

दोस्रो चरणको खोप अन्तरगत ५५ बर्ष माथि जेष्ठ नागरिक, सार्वजनिक तथा निजि विद्यालयका शिक्षक, प्राध्यापक , सार्वजनिक तथा निजी सवारी चालक तथा सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेकाहरु करिब ४४ हजार जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

चापागाईंका अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाका सबै वडामा खोप केन्द्र स्थापना गरेर खोप लगाउने तयारी गरिएको हो । यस अघि जिल्लामा पहिलो चरण अन्तर्गत ३ हजार १ सय ७० जनालाई खोप लगाईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस