२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

अब पेट्रोलको मूल्य प्रति लिटर १ सय १६ रुपैयाँ

२०७७ फागुन १८, मंगलबार प्रकाशित ( साल अघि) १२०६ पाठक संख्या

काठमाडौं ,१८ फागुन – नेपाल आयल निगमले सोमबार मधयरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

आजै रातिदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता ई.विनितमणि उपाध्यायले जानकारी दिएका छन् । निगमले यसअघि गत फागुन ४ गते मूल्य बढाएको थियो ।

निगमद्वारा जारी विज्ञप्तिमा डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको उल्लेख छ ।

हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।bनयाँ मूल्य बृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ भने खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।

हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सौलमा भन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल ३५। ९३ पैसा र डिजेल प्रतिलिटर ४२।०७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस