२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

फागुन २५ बाट कावासोतीमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

२०७७ फागुन २२, शनिबार प्रकाशित ( साल अघि) १४३८ पाठक संख्या

कावासोती, २२ फागुन । कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि फागुन २५ र २६ गते जनता माध्यमिक विद्यालय त्रिभुवनटार डण्डामा हुने भएको छ ।

नगर भित्रका सामुदायिक संस्थागत माध्यमिक विद्यालय र कक्षा ११ र१२ सन्चालित शैक्षिक संस्था सहित कुल ३० वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको १३ औं संस्करणमा कुल ७ सय विद्यार्थी सहभागी हुने शनिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रचार प्रसार संयोजक एवं विद्यालयका प्रधानाध्यापक गिरी राज गिरीले बताए ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा ४ वटा विधाका १७ वटा खेल सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । एथलेटिक्स , भलिवल, कपड्डी, मार्सल आर्ट अन्र्तगत तेक्वान्दो र कराँतेका खेलहरु हुनेछन् ।

एथलेटिक्समा दौड,रिले दौड, र तीन हजार मिटरको दौड प्रतियोगिता हुने छन् । यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, सटपुट, ट्रिपल जम्प र ज्यावलिङ थ्रोका खेल खेलाईने प्रचारप्रसार संयोजक गिरीले बताए । राष्ट्रपति रनिङ्ग शिल्डको प्रतियोगिता जिल्ला स्तरीय प्रतिस्पर्धा भने फागुन २८ र २९ गते हुने छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस