२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

हुप्सकोटमा शिवालय मन्दिरको उद्घाटन

२०७७ फागुन २७, बिहिबार प्रकाशित ( साल अघि) १४९५ पाठक संख्या

प्रिय धन
नवलपुर, २७ फागुन  । हुप्सकोट गाउँपालिकामा आज शिवालय मन्दिरको समुदघाटन गरिएको छ । हुप्सकोट २ कोलियामा रहेको थुम्कीदेवी शिवालय मन्दिरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।  गाउँपालिकाबाट बिनियोजित सात लाख रुपैयाँमा निर्मित उक्त शिवालय मन्दिरको आज गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब हुप्सकोटलाई पर्यटनको हव बनाउने बताउनुभयो । धार्मिक, कृषि तथा अन्य पर्यटन बिकासका लागि गाउँपालिकालाई पचास करोड़ रुपैया बराबरको प्रस्तावना पारित भईसकेकाले छिट्टै पर्यटनको क्षेत्रमा ठूलो फड़को मार्ने विश्वास ब्यक्त गर्नुभयो  ।  कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज भण्डारीले धेरै पहिले देखि नै यस ठाउँमा पूजा आजÞा गर्ने गरिएको र मनोकाँक्षा पूरा हुने विश्वास रहेको बताउनुभयो । कार्यक्रममा हुप्सकोट २ का वड़ा अध्यक्ष पदम पौडेल लगायतको उपस्थिति रहेको थियो ।
आज नै मन्दिरको लागि गैड़ाकोट निवासी युवराज अर्याल र सावित्री अर्यालले पचास हजारको चेक समेत हस्तातरण गर्नुभयो। मन्दिर व्यवस्थापन समितिकी कोषाध्यक्ष अप्सरा सिग्देलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समाजसेवी गुरु प्रसाद खनाल र मन्दिर व्यवस्थापन समितिका सचिव शिव ढकालले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस