२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

६ अर्ब रुपैंया पर्ने युरेनियम सहित ४ जना पक्राउ

२०७७ फागुन २८, शुक्रबार प्रकाशित ( साल अघि) ११३१ पाठक संख्या

काठमाडौं । प्रहरीले २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट ४ जनालाई युरेनियमसहित बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त परीमाणको युरेनियमको मूल्य ६ अर्ब रुपैंया पर्ने प्रहरीले जनाएको छ ।

युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ ।

बरामद भएको बस्तु युरेनियम नै भएको कुरा खुमलटारस्थित नास्टको प्रयोगशालाबाट प्रमाणित भएको पनि एआईजी पालले बताए । युरेनियम २३५ र २३८ गरी २ प्रकारको हुने गर्छ । प्रशोधन गरिएको युरेनियम २३५ हो भने प्रशोधन नगरिएको २३८ हो । प्रहरीले बरामद गरेको युरेनियम २३८ रहेको पनि एआईजी पालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस