काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले यस्तो दाबी गरेका हुन् ।
‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’
भुसालले लेखेका छन्, आजको घटनाबाट वहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’
ओलीले शुक्रवार केन्द्रीय कमिटीको बैठक राखेर उपमहासचिव भूसालसहित माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए।