२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीेमा १ लाख ४० हजार मूल्य बराबरको अवैध मालसामान बरामद

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) १३६६ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीेले जिल्लाको बिभिन्न स्थानबाट एक लाख चालिस हजार पाच सय तीस रुपैया मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ।

प्रहरीका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा करिब १ लाख ३ हजार ६ सय ८० रुपैया मुल्य बराबरको मालसामान रामग्राम नगरपालिका उजैनीबाट बरामद गरेको हो।

त्यसैगरी जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याईर्हेको १८ हजार १ सय ५० रुपैया मुल्य बराबरको चिनि ३ सय ५० किलो र अडहरको दाल ३० किलो रामग्राम नगरपिलाकाबाट बरामद गरेको छ।

त्यसैगरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको करीब १८ हजार ७ सय मुल्य बराबरको ९अंन्दाजी ८५ किलो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं ४ बाट बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद भएका सम्पुर्ण सामान र बोईलर कुखुरा आजै आवश्यक कारवाहीको महेशपुर भन्सार कार्यालय र पशु क्वारेन्टाइन महेशपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस