कावासोती । दुम्कीबासकी कल्पना शाही दाउन्ने मन्दिर दर्शन गर्न जान बाटोको कारण सास्ती भएको बताउनुहुन्छ ।
हरेक शनिवार देवीको दर्शन गर्न जाने इच्छा धुलाम्य बाटोको कारण गाह्रो भएको उँहाको गुनासो छ ।
त्यसैगरी कावासोतिका मनबाहादुर व्यापारिक प्रयोजनले बुटवल जानु पर्ने हुन्छ तर बाटोको अवस्था देखेर दिक्क लाग्ने बताउनु हुन्छ ।
महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड पिच फुटेपछि यात्रुहरु दिनहु जसो धुलो खान बाध्य भएका छन् ।
दाउन्ने सडक पिच गर्ने काम भैरहेता पनि ठाउँ ठाउँमा पिच फुटेको छ । दुम्किबास देखि बर्दघाटसम्म जान यात्रुले सास्ती खेप्न परेको स्थानीयहरुको भनाई छ ।
धुलाम्य बाटोको कारण यात्रुहरु विरामी पर्न सक्ने अवस्था त्यतिकै देखिन्छ।