२०८२ चैत्र २, सोमबार
नयाँ
पछिला अपडेट

सेवाग्राहीबाट घुस लिने मालपोतका शाखा अधिकृत पक्राउ

२०७७ चैत्र ५, बिहिबार प्रकाशित ( साल अघि) २१६१ पाठक संख्या

५ चैत, महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट रु २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए । “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण सङ्कलन हुदैछ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस