२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

दुई हप्ताभित्र काँग्रेसको नेतृत्वमा सरकारः महामन्त्री कोइराला

२०७७ चैत्र ६, शुक्रबार प्रकाशित ( साल अघि) १३४९ पाठक संख्या

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । पत्रकारसँगको भेटमा आज यहाँ उनले सरकार परिवर्तनको विषयमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए ।

 

उनले भने, ‘माओवादी केन्द्र र मधेसवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’ अहिले काँग्रेस पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ थियो । माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले माओवादी केन्द्र सरकारमा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।’ प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उनले संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस