२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

पट्टुको समदृष्टि नम्बर प्लेट मेटिएका सवारी छ्यापछ्याप्ती

२०७७ चैत्र ७, शनिबार प्रकाशित ( साल अघि) १४८८ पाठक संख्या

यी तस्वीरहरू काठमाडौंका विभिन्न सडक र पार्किङस्थलमा खिचिएका हुन् । यीमध्ये कुनैमा नम्बर प्लेट मेटिएको छ भने कुनैको रंग उडेर अंक नबुझिने भएको छ ।

 

स्पष्ट नखुल्ने नम्बर प्लेट राखेर सवारी गुडाउनु कानूनविपरीत हो । यसमा ट्राफिक प्रहरीसहित सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यो समस्या काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षौंदेखि विद्यमान छ ।

 

यस्ता सवारी आपराधिक गतिविधिमा प्रयोग भए वा दुर्घटना गराएर भागे कसरी पहिचान गर्ने ? कसरी नियन्त्रणमा लिने ? यस्तो गैरजिम्मेवारीपन कहिलेसम्म सहेर बस्ने ? यति सामान्य समस्या समाधानमा सरोकारवालाहरूको किन ध्यान पुग्दैन ? जवाफ दिने को ? आँखा कहिले खुल्ने ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस