२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुलीमा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

२०७७ चैत्र ९, सोमबार प्रकाशित ( साल अघि) १३४८ पाठक संख्या

बिबेक भण्डारी
नवलपुर ९ चैत । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ । कृयाटिभ यूवा संजालको आयोजना, मिनिभ्याली खेलकुद समिति देवचुली ४ को सहआयोजना र देवचुली नगरपालिका वडा नम्बर ४ को सहयोगमा उक्त फलिवल प्रतियोगिता आयोजना हुन लागेको सोमवार पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराइएको थियो ।

यहि चैत ११ गते देखि प्रतियोगिताको उद्घाट गर्ने जनाइएको छ । चैत १५ गते सम्म देवचुली नगरपालिका ४ शान्ति गैरामा उक्त खेल आयोजना हुने जनाइएको छ । सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा खेलको बारेमा कृयाटिभ यूवा संजालका अध्यक्ष मनबहादुर सुनाखरी मगरले स्थानिय स्तरमा युवाहरुमा लुकेका खेल प्रतिभालाई अगाढि ल्याउन र देवचुली नगरपालिका वडा नम्बरमा खेलको विकास गर्न उक्त खेलको आयोजना गरिएको बताए ।

उनका अनुसार ११ गते वडा अध्यक्ष गिरबहादुर थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरि खेलको उद्घाट गर्ने बताए । यस्तै आयोजना हुने भलिवल प्रतियोगिताको बारेमा प्रतियोगिताका संयोजक रंजित थापाले आयोजना हुने खेलको बारेमा प्रष्ट पारेका थिए । उनका अनुसार ११ गते देखि १५ गते सम्म आयोजना हुने भलिवल प्रतियोगितामा भाग लिन चाहने टिमले २ हजार प्रवेश शुल्क तिरेर खेलमा भाग लिन सक्ने बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई तिस हजार , दोस्रो हनेलाई बिस हजार , तेस्रो र सान्त्वना हुने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतियोतिाका संयोजक थापाले बताए । यस्तै खेल स्थानको बारेमा मिनिभ्याली खेलकुद समितिका अध्यक्ष धनबहादुर लुङगेलीले खेल खेल्ने स्थानको व्यवस्थापन मिलाइएको र सुविधा तरिकाले खेल खेल्न सक्ने बताए ।

देवचुली वडा नम्बर ४ को सहयोगमा आयोजना गरिएको भलिवल प्रतियोगितामा हाल सम्म ८ वटा टिम दर्ता भएका छन । आयोजकका अनुसार खेल जारी रहे पनि टिम दर्ता भने जारी रहने बताए । पत्रकार सम्मेलनमा उक्त वडाका वडा अध्यक्ष गिरबहादुर थापाका अनुसार वडामा खेलाडिहरु रहे पनि खेलाडिहरुलाई स्थानको अवस्यकता रहेको कारण पनि वडाले भलिवल प्रतियोगिताका लागि आवस्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

उनका अनुसार गत वर्ष आयोजना गरिएको कार्यक्रममा पहिलो भलिवल प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको सो प्रतियोगिता उत्साह जनक रहेको र सोहि संस्करणलाई निरन्तरता दिदै यो वर्ष पनि प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष थापाले बताए । राजन पौडेलले संञ्चालन गरेको पत्रकार सम्मेलनमा स्थानिय सहमाज सेवि लगायतको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस