२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गोलरक्षक स्याल्भियो चम्किदा क्यामरुनको जित

२०७७ चैत्र १४, शनिबार प्रकाशित ( साल अघि) १३३९ पाठक संख्या
चितवन : टाइब्रेकरमा गोलरक्षक डा स्याल्भियो चम्किदा अफ्रिकन रुट्स एसोएिएसन क्यामरुनले चितवनमा जारी ‘सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ मा बिजयी सुरुवात गरेको छ ।

नारायणगढको क्याम्पा चौरमा भएको खेलमा क्यामरुनले अभिषेक चर्च रजहरलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्‍यो । क्यामरुनलाई जिताउन गोलरक्षक स्याल्भियोले टाइब्रेकरमा अभिषेक चर्चको ३ प्रहार विफल तुल्याए । उनले पहिलो, तेस्रो र चौथो प्रहार रोके । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

त्यस अघि निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । खेल अवधिभर क्यामरुनले अभिषेक चर्चलाई दबाबमा राखेको थियो । गोल गर्ने प्रसस्तै अवसर पाए पनि क्यामरुनको फिनिसिङ कमजोर देखियो ।

प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुनौलो संगम युवा क्लब बुटवलबीच खेल हुनेछ । खेल दिउँसो ४ बजे नारायणगढस्थित क्याम्पा चौरमा हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरका १० टोली सहभागी छन्।

प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस