२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मेयर कप फुटबल : उद्धघाटन खेलमा युनाइटेड बिजयी

२०७७ चैत्र १७, मंगलबार प्रकाशित ( साल अघि) १९७३ पाठक संख्या

देवचुली, नवलपुरको देवचुलीमा मेयर कप फुटबल प्रतियोगिता (आज) मंगलबार देखि सुरु भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा मेयर कप फुटबल प्रतियोगिता देवचुली १७ को बरचुली माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको हो ।

प्रतियोगिताको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथी रहनुभएका देवचली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले रेफ्रीलाई फुटबल हस्तान्तरण गरि खेल सुरु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले मेयर कप फुटबल प्रतियोगिताले नगरपालिका भित्र भएका उत्कृष्ट फुटबल खेलाडीलाई चिनाउन सकिने बताउँदै सम्पूर्ण खेलप्रेमीलाई शुभकामना व्यक्त गर्नुभएको थियो । उद्धघाटन खेलमा युनाईटेड युवा क्लब रजहर र नारायणी युथ क्लब बिच प्रतियोगिता भएको थियो । उक्त खेलमा युनाईटेड युवा क्लब रजहर २–१ ले बिजयी भएको छ । युनाईटेड युवा क्लबको जितका लागि जर्सी नं ७ का अमित कुवरले पहिलो गोल गरेर खेलमा अग्रता लिएको थियो ।

त्यसको केही मिनेटमा नै नारायणी युथ क्लबका जर्सी नं ११ का सन्जु तामाङ्गले १ गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थिए । हाफ पछि सुरु भएको खेलमा युनाईटेड क्लबका जर्सी नं १३ का सरोज सुनारले १ गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो । खेलको निर्धारीत समय सम्म नारायणी युथ क्लबले गोल फिर्ता गर्न नसकेपछि खेल युनाईटेड क्लबले २–१ ले बिजयी गरेको हो । उक्त खेलको म्यान अफ दि म्याच युनाईटेडका जर्सी नं १७ का सागर अधिकारी भएका छन् ।

यसैगरि (भोली) बुधबार सह–आयोजक फारम निलो र केउरेनी युवा क्लब भिड्नेछन् ।उक्त कार्यक्रमको अध्यक्षता देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भिमलाल तिवारीले गर्नभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाकका उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, देवचुली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।

प्रतियोगिताको विजेता समूहलाई नगर रु १ लाख ५० हजार तथा उपविजेता समूहलाई नगद रु ७५ हजार साथै टफ्री, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरि प्रतियोगिताको सेमिफाइनल पुग्ने प्रत्येक टिमले २०र२० हजार पाउनेछन् । प्रतियोगितामा १६ वटा टिमले प्रतिशपर्धा गर्नेछन् । कार्यक्रमको सहजीकरण देवचुली नगर युवा तथा खेलकुद विकास समितिका सचिव राजु चापागाईले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस