२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मेयर कप फुटबल : केउरानी युवा क्लबको विजयी

२०७७ चैत्र १८, बुधबार प्रकाशित ( साल अघि) १६६४ पाठक संख्या

राजु चापागाई/नवलपुर

देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा केउरानी युवा क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा केउरानी युवा क्लबका विरुद्ध फारम निलोबिच आज भएको खेलमा केउरानी युवा क्लब ट्राईबेकरमा ४-२ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमको १-१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियोे । निर्धारित ९० मिनेट समयको खेलमा केउरानी युवा क्लबका रेमु बोटेले गोल गरेका थिए भने फारम निलोका सुदीप तामाङले गोल गरेका थिए । आजको खेलमा केउरानी युवा क्लबका नवीन थनेत म्यान अफ दि म्याच भएका छ्न ।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । बिहिवारको खेल देवचुली निलो र भानु एकता युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस