बागलुङ, २० चैत ।
माछा मार्ने बम बनाउने क्रममा अचानक विष्फोट हुँदा बडिगाड गाउँपालिका-२ बस्ने ३१ वर्षीय मित्र रानाको बिहीबार दिउँसो मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको पाल्पा प्रभास अस्पताल हुँदै थप उपचारका लागि मिशन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै विष्फोटमा घाइते भएका सोही गाउँपालिका-२ मा डेरा गरी बस्ने गुल्मी मुसिकोट नगरपालिका-१ घर भएका २८ वर्षीय अरुण कुमार पुनको पाल्पा प्रभास अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।