धनुषा, २० चैत –
जनकपुरधाम उपमहानगरपालिका-२३ विन्दीस्थित सडकमा ज.१ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त कुमार झाको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर गाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।