२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गण्डकीमा सत्ता परिवर्तनः पाउला त नवलपुरले मुख्यमन्त्री ?

२०७७ चैत्र ३०, सोमबार प्रकाशित ( साल अघि) १५१७ पाठक संख्या

सन्जय भट्टराई / नवलपुर । गण्डकी प्रदेश सरकारबाट गत बुधबार माओवादीका हरिबहादुर चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्री र लेखबहादुर थापामगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीबाट राजीनामा  दिदा पनि प्रदेश सरकार परिवर्तनको विषयले खासै प्राथमिकता पाउन सकेको थिएन तर  आईतबार सत्ता समीकरणमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा हस्तारक्षर गरेर सरकार परिवर्तन गर्न सघाउने बताइसकेपछि अब गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री को होला भन्ने चर्चा हुन थालेको हो।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा २९ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका २८ सांसद ( १ स्वतन्त्र सहित) र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ । यस्तो अवस्थामा सत्ता समीकरणलाई साथ दिएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने कुरा केसीले बताए पछि राजनीतिक वृतमा अब मुख्य मन्त्री को बन्ने भन्ने कुरा चर्चामा रहेको छ ।

यदि जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेहो भने स्वभाविक रुपमा प्रमुख प्रतिपक्ष दलको हैसियतले नेपाली काङ्ग्रेसले सत्ताको दाबेदारी प्रस्तुत गर्ने कुरामा दुईमत नै छैन । सरकार परिवर्तन र गठनको अकंगणित जुटाउन लागि परेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जसपालाई जनमोर्चाले साथ दिने हो भने प्रदेश सरकार परिवर्तन हुने संसदको जोडघटाउले बताउछ ।

काङ्ग्रेस, माओवादी , जसपा र जनमोर्चाले नयाँ सत्ता समीकरण बनाए भने प्रदेश सभामा दोस्रो ठूलो दलको हैसियतले नेपाली काङ्ग्रेसले मुख्य मन्त्रीको दाबी गर्ने अवस्था आउने छ । यदि यो अवस्था बन्यो भने स्वाभाविक रुपमा काङ्ग्रेस संसदीय दलका नेता रहेका नवलपुरबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको दोस्रो मुख्य मन्त्री बन्ने छ्न ।

सरकार परिवर्तनको जोड घटाउ सुरु भएको स्वीकार गर्दै काङ्ग्रेस संसदीय दलकी सचेतक समेत रहेकी प्रदेश सांसद ओमकला गौतमले काङ्ग्रेसले नेतृत्व पाउँदा स्वाभाविक रुपमै दलको नेतानै मुख्यमन्त्री बन्ने बताईन । वैशाखको पहिलो हप्तामै रिजल्ट निकाल्ने गरी आफूहरू छलफलमा रहेको बताउदै सचेतक गौतमले छिट्टैनै जिल्लाले मुख्य मन्त्री पाउने बताईन ।

राजनीति वृतमा चर्चा भएझै यदि सरकार परिवर्तन र गठनको चर्चाले गति लियो र विपक्षी दलहरुको मोर्चा बन्यो भने नवलपुरले मुख्य मन्त्री पाउने पक्कापक्की रहेको राजनीतिक विष्लेशकहरु बताउछ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस