२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

माधव नेपाललाई फकाउँदै ओली

२०७७ चैत्र ३०, सोमबार प्रकाशित ( साल अघि) १३९४ पाठक संख्या

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मआलोचनासहित पार्टीमा फर्किन आग्रह गरेका छन् ।

सोमवार (आज) राजधानीमा आयोजित एक कार्यमक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित फर्किएमा आफ्नै पार्टीको व्यवहार गर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने- ‘आत्मालोचना गरेर फर्कुनुस्, आफ्नै पार्टी हो । आउनुस्, तपाइहरुलाई आफ्नै पार्टीको व्यवहार गरिन्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव नेपाल अब सांसद हुन नसक्ने दाबी गरेका छन् । नेता नेपाल आफू नै सांसद बन्न नसक्ने बताउँदै अरुलाई टिकट दिन्छु भनेर नभन्न आग्रह गरेका छन् ।

‘केपी ओलीले दिएन भने म दिन्छु टिकट भनेर हल्ला फिजाउछन् । टिकट त बसपार्कमा बाँडेको बाड्यै छ त ।’ उनले भने- ‘माधव नेपालले टिकट बाँड्न सक्नुहुन्छ । अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफैं बन्नुहुन्न अर्कालाई के बनाउनु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस