२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

करेन्ट लागेर एक जनाको मृत्यु

२०७७ चैत्र ३१, मंगलबार प्रकाशित ( साल अघि) ४१४७ पाठक संख्या

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० स्थित ग्लोबल पाईप उद्योगमा काम गर्ने मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ४२ वर्षीय नारायण ढकालको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

उक्त उद्योगमा काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस