२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२०७८ बैशाख २, बिहिबार प्रकाशित ( साल अघि) २०५४ पाठक संख्या

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छ । बिहिबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ प्रदेशसभा सदस्य अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । याे प्रस्तावमा जनमाेर्चाका सांसदले भने हस्ताक्षर गरेका छैनन् ।

यद्यपी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको हिउँदे अधिबशान अन्त्य गरेको सूचना जारी गरेका छन् । सो प्रस्ताव संसद सचिवालमा बिहान साढे १० बजे दर्ता भइसकेको छ ।

विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याउने सुइको पाएपछि मुख्यमन्त्री गुरुङले अधिबेशन अन्त्य गरेका थिए । संसद् अधिबेशन अन्त्य भएकाले विपक्ष दलहरुले विशेष अधिबेशनको माग गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस