२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

दाउन्ने बस दुर्घटना अपडेटः ३ जनाको मृत्यु

२०७८ बैशाख ४, शनिबार प्रकाशित ( साल अघि) १५९९ पाठक संख्या

कावासोती  । नवलपुरको दाउन्नेमा बस दुर्घटना हुँदा घाइते भएका ३१ जना मध्ये ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार  गिरीले बताए ।

प्रहरीका अनुसार घाईते मध्य ईलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाले विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ बर्षीय हिमलाल न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

बुुटवलबाट नारायणगढतर्फ जाँदै गरेको  ना ५ ख ७००० नम्बरको बस पहाडबाट २ सय मिटर तल खसेको  नायब उपरीक्षक  गिरीले बताए। बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

बस अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटना भएको बसमा ३१ जना यात्रु रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको अवस्था चिन्तामुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%७%१%

प्रतिक्रिया दिनुहोस